Blog Details

  • Home
  • भुकम्प पीडितलाई ग्लोबल आइएमई लघुवित्तको ११ लाख सहयोग
Superadmin February 9, 2024 0 Comments

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट भुकम्प पीडितलाई  ११ लाख ७४ हजार नगद राहत वितरण गरेको छ । वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्य तथा अभिभावकहरुको भुकम्पका कारण भएको क्षतीलाई मध्यनजर गर्दै संस्थाले उक्त रकम वितरण गरेको हो । 

वित्तीय संस्थाको राडीबजार, रागेचौर र दुल्लु शाखाका कुल २९९ जना सदस्य तथा अभिभावकहरुलाई राहत रकम वितरण गरिएको वित्तीय संस्थाले जनाएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत कात्तिक १७ गते राती भुकम्प गएको थियो । जसबाट पीडित बनेकाहरुलाई वित्तीय संस्थाका प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुख तथा कर्मचारीहरुले आर्थिक राहत प्रदान गरिएको वित्तीय संस्थाले जनाएको छ ।   

विपन्न वर्गसँग सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो तथा कोभिड महामारी लगायत विनासकारी घटनाहरुमा यस वित्तीय संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिंदै सामाजाकि उत्तरदायित्व र ग्राहक संरक्षणका विबिध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । वित्तीय संस्थाको ५४ जिल्लामा १२० वटा शाखा र एक लाख ५० हजारभन्दा बढी सदस्यहरु रहेका छन् । 

Leave Comment