काठमाण्डौ । कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११ औँ वार्षिकोत्सव मनाएको छ।
ग्रामीण समूदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाका माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गरी समग्र देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्देश्यले २०७० जेठ ५ गते स्थापना भएको संस्थाले आज ११ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न जिल्लामा रहेका शाखामार्फत मानव सेवा आश्रम, अनाथालय, वृद्धाश्रम र साहारा घरलगायतका संस्थाहरुमा खाद्यान्न, कपडा तथा सहयोग साम्रगी वितरण गरेको हो।
विपन्न वर्गसँग ११ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दीलगायत विनाशकारी घटना तथा परिघटनाको बाबजुद पनि संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिँदै सामाजाकि उत्तरदायित्व र ग्राहक संरक्षणका विविध कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ।
संस्थाको ५४ जिल्लामा १२० वटा शाखा र १ लाख ४९ हजारभन्दा बढी सदस्य छन्।

Global Money Week 2026 को अबसरमा “Smart
March 22, 2026ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय
March 22, 2026ग्लोबल आइएमई लघुवित्तको साक्षरता कार्यक्रम सम्पन्न
March 22, 2026Recent Comments