ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चितवनको कालिका नगरपालिका-८स्थित श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
कम्पनीको शाखा कार्यालय खोलेसिमलले करिब १२० जना विद्यार्थीहरुलाई ब्याग, कपी र सिसाकलम जस्ता शैक्षिक सामग्रीहरु वितरण गरेको हो ।
सोमबार विद्यालयमा आयोजित कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, वडा अध्यक्ष चित्र बहादुर मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत ढुङगाना एवं ग्लोबल आइएमई लघुवित्त सामान्य सेवा विभागका प्रमुख जयनारायण शर्मा, अनुगमन स्टेसन प्रमुख विनोद खतिवडा तथा शाखा कार्यालय खोलेसिमलका प्रमुख सविन आचार्य तथा अभिभावकहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले स–साना विद्यार्थीहरुको पठनपाठनमा वित्तीय संस्थाले पुर्याएको योगदान महत्वपुर्ण रहेको बताए । त्यस्तै, उपप्रमुख तामाङले ग्रामीण समुदायका बालबालिका अध्ययनरत सामुदायिक विद्यालयमा गरिएको शैक्षिक सहयोगले शैक्षिक गुणस्तर विकासमा थप सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा कम्पनीका विभागिय प्रमुख शर्माले संस्थाका सदस्यहरु माझ आर्थिक कारोबार मात्रै नभई सदस्यको क्षमता अभिवृद्धि, सिप विकास र आयआर्जनका लागि सामाजिक उत्तर दायित्व कोष अन्तर्गत शिक्षा, स्वास्थ्य तथा कृषि लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए ।कम्पनीले देशका ५४ जिल्लामा १२० वटा शाखा कार्यालयमार्फत करिब १ लाख ५३ हजार ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Global Money Week 2026 को अबसरमा “Smart
March 22, 2026ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय
March 22, 2026ग्लोबल आइएमई लघुवित्तको साक्षरता कार्यक्रम सम्पन्न
March 22, 2026Recent Comments