काठमाडौं । पोखरा महानगरपालिका– २६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले १२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न शाखा तथा केन्द्रीय कार्यालयको कार्यक्षेत्र भित्र विविध कार्यक्रम सञ्चालन गरेको छ ।
वित्तीय संस्थाको केन्द्रीय कार्यालय विजयपुर, कास्की, शाखा कार्यालय सुक्रौली परासी र शाखा कार्यालय सिमराभवानिपुर, रौतहटमा गरी ११० युनिट रक्त सङ्कलन, शाखा कार्यालय थुम्सीकोटद्धारा क्व्होलासोथार गाउँपालिका ५ सिङ्दीमा निर्माण गरिएको यात्रु प्रतीक्षालय हस्तान्तरण, शाखा कार्यालय गलेश्वर, म्याग्दीद्धारा गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा ५५ जनालाई खाद्यान्न तथा फलफुल वितरण, शाखा कार्यालय यदुकुवा, धनुषामा बृहत नि :शुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
विपन्न वर्गसँग १२ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दी लगायत विनासकारी घटना तथा परिघटनाहरूको बाबजुद पनि यस वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व र ग्राहक संरक्षणका विविध कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । वित्तीय संस्थाको ५४ जिल्लामा १२० वटा शाखा र १ लाख ५२ हजार भन्दा बढी सदस्यहरु रहेका छन् ।
ग्रामीण समूदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडी परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गर्दै देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्धेश्यले २०७० जेठ ५ गते संस्था स्थापना गरिएको हो । यस संस्थाले विभिन्न रचनात्मक गतिविधि गर्दै आइरहेको छ ।

Global Money Week 2026 को अबसरमा “Smart
March 22, 2026ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय
March 22, 2026ग्लोबल आइएमई लघुवित्तको साक्षरता कार्यक्रम सम्पन्न
March 22, 2026Recent Comments