Blog Details

  • Home
  • Global Money Week 2026 को अबसरमा “Smart Money Talks” भन्ने नाराका साथ ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय बेसीशहर द्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो।

२०८२ चैत्र ६ ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यलय बेसीसहर लमजुङले मर्स्याङ्दी गाउँपालीका वडा नं ०६ ठूलीबेसी मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्वव्यापी रूपमा मनाइने ‘Global Money Week-2026’ को अवसरमा शुक्रबार एक विशेष वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ठुलीबेसीको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ०६ स्थित सितला देवी आमा समुहको भवनमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

केन्द्र नम्बर १९१ की केन्द्र उप प्रमुख गिता खनाल घले ज्युको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ०६ का कार्यवाहक वडाध्यक्ष रिता परियार रहनुभएको थियो। कार्यक्रममा बित्तिय सँस्थाको तर्फबाट अथितिका रुपमा क्रमस चन्द्रेश्वर स्टेशन प्रमुख हेम लाल पौडेल वडा संयोजक शारदा पाण्डे, प्रहरी सहायक निरिक्षक सोम बहादुर थापा मगर चन्द्रेश्वर शाखाका शाखा प्रमुख रामजी सिलवाल जट्टेस्वर नी मा विको विद्यालय व्यवस्थानपन समिति अधयक्ष इमान सिंह अधिकारी उपस्थिति रहेको थियो।

बेसीशहर शाखा प्रमुख यादव पन्तज्युले संचालन गर्नु भएको भएकाे कार्यक्रम ग्लोबल आइएमई लघुवित्तका स्टेसन प्रमुख हेम लाल पाैडेल ज्युले प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले युवा र लघुवित्तका सदस्यहरूले कसरी सुरक्षित रूपमा बचत गर्ने, फजुल खर्च नियन्त्रण गर्ने र डिजिटल बैंकिङका माध्यमबाट हुने ठगीबाट कसरी जोगिने भन्ने विषयमा महत्वपूर्ण जानकारी दिनुभयो।

“स्मार्ट मनी टक” भन्ने मुल नाराका साथ सञ्चालित यस कार्यक्रममा शाखाका कर्मचारीहरू र स्थानिय स्तरका बुद्धिजीवी,समाजसेवि पुरुष तथा महिला गरि जम्मा १११ जना ग्राहक सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच र चेतना फैलाउन ठूलो मद्दत पुग्ने बताएका थिए।

Leave Comment