काठमाडौँ, १ माघ । माथि तस्विरमा देखिएकी महिला हुन् पार्वती सुनुवार । उनले धादिङ रोडाङ गाउँपालिका–७ मा १३ रोपनी जग्गा भाडामा लिएर कृषि खेतीबाट बार्षिक ९ देखि १० लाख रुपैयाँ कमाई रहेकी छिन् । तर, सुनुवारको १० लाख रुपैयाँ कमाउने यतिकै भएकी भने होइनन् । उनको निरन्तर मेहेनत र परिश्रमले आज उनले कृषि उद्यमीको रुपमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन् ।
सुनुवारलाई यो पहिचान बनाउन त्यति सजिलो भने थिएन । धादिङमै हुर्किएकी सुनुवार विवहा पश्चात उनका श्रिमानसँगै काठमाडौँमा बस्न थालिन् । सुनुवारसँगै उनका सासु–ससुरा पनि भएकाले भाडामा काठमाडौँमा बसेर अरुको घरमा काम गर्ने गर्थिन् ।
समय वित्तै गएपछि उनका सासु–ससुराको देहान्त भयो । देहान्त पश्चात आफ्नो सस्कृति अनुसारको दाहा सस्कार सकिएपछि सुनुवार दम्पतिले अब आफ्नै केही गर्ने निधो गरे । तर, उनीहरुलाई के गर्ने भन्ने दिमाखमा केही आएन ।
केही दिन सम्म मनमा आफ्नै उद्यम गर्ने सोचका साथ सुनुवार दम्पती काठमाडौँमै अरुको घरमा काम गरेर नै विताए । त्यही विचमा पार्वतीलाई आफ्नो माइती गाउँमा कृषि उद्यममा राम्रो सम्भावना भएको ख्याल आयो । पार्वतीले त्यो कुरा आफ्ना श्रिमानलाई बताईन । श्रिमानले पनि पार्वतीको कुरामा सहमति जनाए ।
अनि सानो नानि लिएर सुनुवार दम्पती धादिङ तिर लागे । पार्वतीलाई अन्य ठाउँ जानु भन्दा आफ्नो माइती गाउँ गए चिने–जानेका पनि र आफुले केही गर्ने लागेमा पत्याउने मनसाएका साथ धादिङ आए ।
तर, त्यहा उनीहरुले सोचेजस्तो सहज परिस्थिति भने भएन । अनि उनीहरुले धादिङमा हुने गरेको कृषि फर्ममा काम गर्ने थाले । त्यही बीचमा उनीहरुले एक रोपनी जग्गा भाडामा लिएर मौसम अनुसारको तरकारी खेती गर्न थाले । एक रोपनीमा उत्पादन भएको तरकारी बेचेर मात्र उनीहरुको जिवीको पार्जन नहुने भएपछि सुनुवार दम्पतीले आफ्नो र अरुकोमा काम गर्थे ।
‘त्यसबेला बाबु सानै थियो, घर खर्च एक रोपनीमा मात्र लगाएको तरकारीले पुग्दैन थियो’, पार्वती आफ्नो विगत सम्झिदै केटिएम भ्वाइसँग भन्छिन्, ‘आफ्नोमा काम भएको बेला एक जना यता काम गर्ने अर्को जना अरुको बारीमा हाजिरामा काम गर्ने गथ्यौँ ।’
त्यही बिचमा ग्लोवल आइएमई लघुवित्त संस्थाका कर्मचारीहरु पार्वती सम्म आएर विना धितो कर्जा दिने र त्यसबाट व्यावसाय फैलाउन सक्ने कुरा बताए ।
पार्वती र उनका माइती गाउँका महिलाहरु मिलेर एउटा समुह बनाए । त्यो समुह बनेपछि ग्लोवलका कर्मचारीले पार्वतीलाई पहिलो पटक विना धितो ३० हजार रुपैयाँ ऋण दिए । त्यो ३० हजारले पार्वतीले अन्य ३ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती बढाइन् ।
‘हामीले जग्गा त भाडामा पाईहाल्थ्यौँ, तर, तरकारी लगाउन विउ, विरुवा र मल किन्ने पैसा थिएन’, पार्वतीले भनिन्, ‘आम्मा ! त्यो ३० हजारले त ३ रोपनीमा तरकारी लगाएर पनि पैसा उब्रियो ।’
तरकारी फल्दै गयो पार्वतीले बेच्दै आफुले लिएको किस्ता नियमित तिदै गईन । उनले तरकारीबाट फाईदा पनि कमाउँदै गईन् । उनीहरुले ३० हजार ऋण लिएर तरकारी खेतीबाट मनग्य फाइदा भएपछि सुनुवार दाम्पतीलाई अझ मेहनत गरेमा आमदामी मनग्य हुने हौसला आयो । उनीहरुले ग्लोवल लघुवित्तबाट लिएको ऋण किस्ता–किस्ता गर्दै तिरेर सकेका थिए ।
पार्वतीले नियमित किस्ता तिर्ने र तरकारी खेतीमा राम्रो आम्दानी गर्दै गइन् । अब पार्वतीले ६ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्ने हिम्मत आयो । विगतमा कमाएको फाईदाले मात्र ६ रोपनीमा तरकारी खेती नहुँने भएपछि पार्वतीले ग्लोवलबाट फेरी ४० हजार विना धितो ऋण लिईन् ।
त्यो पनि सुनुवार दम्पतीले तरकारी खेतीमै लगाए । अब उनीहरु अरुको तरकारी खेतीमा काम गर्ने जान भ्याउन छाडे । सुनुवार दम्पती अब आफ्नो बारीमा मात्र व्यस्त भए । उनीहरु दुवैजनाले खुब मेहनत गरे । उनीहरुको मेहनत अनुसारको तरकारी पनि सप्रियो । तरकारीले राम्रो बजार पाएकाले उनीहरुलाई राम्रो फाईदा भयो ।
तरकारीबाट राम्रो आम्दानी हुँदै गएपछि सुनुवार दाम्पतीलाई अझ हौसाला मिल्दै गयो । त्यसपछि उनीहरुले ६ रोपनी जग्गालाई बढाएर ८ रोपनीमा तरकारी खेती गर्न सोचका साथ अगाडि बढे । उनीहरुले फेरी ग्लोवलसँग एक लाख रुपैयाँ ऋण लिए । ८ रोपनीमा तरकारी लगाउन सुनुवार दम्पतीले मात्र तरकारी लगाउन भ्याउन छाडे । उनीहरुले अब कामदार पनि राख्नुपर्ने अवस्था आयो ।
अरुकोमा काम गरेर आफ्नो व्यावसाय सुरु गरेका सुनुवार दम्पतीले अब आफैले कामदार राख्ने भए । उनीहरुले सुरुमा २ जना कामदार राखेर आफ्नो मात्र होइन अझ २ परिवारको पनि जिविको चलाउन मदत गर्नेमा पुगे ।
‘सुरुमा अरुकोमा काम गरिन्थ्यो पछि आफैले अरुलाई काममा राख्दा अर्कै खालको अनुभव हुँदो रहेछ’, पार्वती आफ्नो त्यो शुखका पल सम्झिदै भनिन्, ‘त्यसबेला चै हामीले पनि केही गयौँ कि भन्ने लागेको थ्यो ।’
तर, सुनुवार परिवार त्यतिमै मात्र रोकिएनन् । उनीहरुले तरकारी खेती गर्ने बारी भाडामा थप्तै गए । पार्वतीले नियमित किस्ता तिर्दै गएको र ग्लोवलको राम्रो ग्राहक भएकाले उनीहरुलाई लघुवित्तले ऋण पनि थपिदिदै गयो । उनीहरुले पनि आफ्नो तरकारी खेती बढाउँदै गए ।
अहिले सुनुवार दम्पतीले १३ रोपनी जमिनमा तरकारी खेती लगाउने गरेका छन् । उनीहरुले त्यो १३ रोपनी जग्गाको बार्षिक २ लाख रुपैयाँ भाडा तिर्ने गरेका छन् । अहिले उनीहरुको तरकारी बारीमा ५ जनाले रोजगारी पाएका छन् ।
‘प्राय ५ जना जति नियमित नै हाम्रोमा काम गर्नुहुन्छ’ पार्वती भन्छिन्, ‘मौसम अनुसारको बाली लगाउने बेलामा भने अझ थप्नु पनी पर्छ ।’
तरकारी प्राय वर्षमा ३ छिमलको हुन्छ । पार्वतीले करेला, बन्दा, फुलकोबी, भेन्डिलगायत मौसम अनुसारको तरकारी लगाउने गरेकी छिन् । त्यही तरकारीखेतीबाट आज काठमाडौँ चितवन चल्ने धादिङको रोडमा घर किनेकी छिन् ।
‘अहिले त यो घर जग्गा गरेर ७०–८० लाख जति पर्छ होला’, पार्वतीले आफ्नो सफलता सुनाउनदै गर्वका साथ भनिन्, ‘तर हामीले अलिक अगाडि लिएकाले सस्तो पर्यो ।’
ऋण लिएर चलाउन जानेमा आफु जस्तै जोकोही पनि उद्यममा सफल हुन सक्ने पार्वतीको भनाई छ । ‘ऋण जुन कुराको लागि लिएको हो त्यही मात्र खर्च गर्यो भने राम्रो आम्दानी गर्ने सकिन्छ ।’ उनी भन्छिन् ।
लघुवित्तमा ऋण लिने र तिर्न दुवै सजिलो भएकाले सामान्य व्यावसाय गर्छु भन्नेका लागि धेरै राम्रो भएको पार्वतीको अनुभव छ । ‘हामीलाई समुहमा एउटा तालीको भरमा लगानी गर्नु भएको हुन्छ’, उनी भन्छिन्, ‘तिर्न पनि एकैचोटी पदैन, किस्ता किस्तामा तिर्दा आफुलाई भार पनि पदैन ।’
पछिल्लो समय लघुवित्त विरुद्धमा हुने विभिन्न आन्दोलनहरु नबुझेर भएको पार्वतीको बुझाई छ । ‘आफुले लिएको कर्जा राम्रो ठाउँमा सदुपयोग गर्यो भने ऋण तिर्न केही गाह्रो छैन’, पार्वतीले भनिन्, ‘थेरैबाट सुरु गरेर सहि ठाउँमा लगानी गर्नुपर्छ ।’

ग्लोबल आइएमई लघुवित्तद्वारा शैक्षिक सामग्री सहयोग
June 25, 2024ग्लोबल आइएमई लघुवित्तले मनायो १२ औँ वार्षिकोत्सव
May 20, 2024चन्द्रकला हस्पिटलको सहकार्यमा ग्लोबल आइएमई लघुवित वित्तीय
May 20, 2024Recent Comments